सुनसरी ३ मा भगवती चौधरी निर्वाचित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४५५ दिन अगाडि
सुनसरी ३ मा भगवती चौधरी निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी निर्वाचित हुनुभएको छ ।

आफ्नो चुनावी क्षेत्रमा निकै प्रभावशाली उपस्थिति जनाउँदै आएका नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित हुनुभएको छ ।

कांग्रेसका उम्मेदवार गच्छदारलाई पछि पार्दै चौधरी निर्वाचित हुनुभएको हो । चौधरीले ४० हजार ७ सय ८८ मत प्राप्त गर्नुभएको छ भने गच्छदारले ३५ हजार ६ सय ७ मत प्राप्त गर्नुभएको छ ।