काठमाडाैं- कपन गोम्पाका लामा जोपा रिन्पोन्छ्ये लेखनमा तयार ‘धुम्रपानका नकारात्मक असरहरु तथा सुखी र स्वास्थ्य जिवन जिउने उपायहरु’ नामक पुस्तक बिमोचन भएको छ ।
कपन आनीगोम्पामा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनीधिसभा सदस्य गगनकुमार थापा, लेखक धर्मगुरु लामा जोपा रिन्पोछेन, गायिका आनि छ्योयीङ डोल्मा र गायक राजु लामा लगायतका अतिथीहरुले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका हुन् ।
कार्यक्रममा विभिन्न बिशिष्ट धर्मगुरुहरु, कुटनीतिक नियोगका प्रतिनीधि, पूर्वमन्त्री तथा पूर्वसभासद्, सरकारका बिशिष्ट तहका कर्मचारीहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा भिक्षू-भिक्षुणीहरुको पनि उपस्थिती रहेको थियो । क्रममा पूर्वमन्त्री थापाले उक्त पुस्तकको महत्व समाजमा विशेष र रहने उल्लेख गरे । आफू स्वास्थ्य मन्त्री हुँदा क्यासर जस्ता दिर्घ रोघीहरु उपचार सहयोगका लागि हरेक दिन धेरै मानिसहरु निवेदन लिएर आउने गरेको र त्यसरी राज्यले पनि बिरामीलाई राहत मात्र वितरण गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम हुने र त्यस्तो कदमको लागी धर्मगुरुहरुको उपदेशलाई सर्वसाधारण जनताले सहजसँग ग्रहण गर्ने हुँदा यो पुस्तकले त्यसको लागि बिशेष अर्थ राख्ने उनकाे भनाइ थियाे ।
विमाेचन कार्यक्रममा गायिका आनि छ्योयिङ डोल्मा र गायक राजु लामाको सांगितीक प्रस्तुतीसमेत रहेको थियो ।
कार्यक्रमकाे भिडियाेसहित