नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले नयाँ सरकारको पहिलो निर्णय नै अर्थतन्त्रलाई सुधार गर्ने संकेत गरेको बताएका छन् ।
उनले पछिल्ल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको कारण उद्योगी व्यवसायीहरु निराश भए पनि नयाँ सरकारको पहिलो निर्णय नै अर्थतन्त्रलाई सुधार गर्ने संकेत गरेको बताएका हुन । संस्थापक अध्यक्ष कटुवालले नयाँ सरकारसँग उद्योगी व्यवसायीहरूको निकै ठूलो आशा रहेको बताए । बिहीवार नेपाल विशेषसँग कुराकानी गर्दै अध्यक्ष कटुवालले नयाँ सरकारको पहिलो निर्णय नै अर्थतन्त्र सुधारको संकेत भएको बताए ।
उनले सरकारको पहिलो प्राथमिकता नै अर्थतन्त्र सुधार गर्ने भएकाले समस्यामा रहेको उद्योगी व्यवसायीहरूलाई उत्साहित बनाएको बताए । उनले बजारमा देखिएको तरलता सहजिकरण तथा राजश्व चुहावट र चोरी पैठारी नियन्त्रणमा सरकारको विशेष ध्यान जानु पर्ने बताए । पूर्वअध्यक्ष कटुवालले अर्थतन्त्र सुधार गर्नेमा आशा रहेको भन्दै तरलता अभावको व्यवस्थापन गर्नेदेखि लगानीका वातावरण निर्माण गर्नु पर्ने बताए । उनले भने,‘ यो सरकारले निकै राम्रो काम गर्ने आफ्नो विश्वास रहेको छ ।
नयाँ सरकारको पहिलो निर्णय नै अर्थतन्त्रलाई सुधार गर्ने भन्ने भएकाले आसा पलाएको छ, व्यवसायीमा सकारात्मक सञ्चार भएको छ ।’ उनले निजी क्षेत्रमा र रहेका विभिन्न खाले समस्याको अन्त्य र नीतिगत सुधारका लागि सरकारले सकारात्मक काम गरेर समस्या समाधान हुने बताए । उनले नयाँ सरकारले मुलुकमा लगानी मैत्री बाताबरण निर्माण गरेर रोजगार सिर्जना गर्ने र साना तथा घरेलु उद्योगको संरक्षण गर्ने नीति लिनु पर्ने बताए ।
उनले अर्थमन्त्रीका विष्णु पौडेलले उच्च ब्याजदर नियन्त्रणका लागि आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई वार्तामा ल्याउन सकारात्मक भएको बताए ।