कम्बोडियामा मृत्यु भएका निराकरको सव ल्याउन सरकारले नै खर्चं गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९८ दिन अगाडि
कम्बोडियामा मृत्यु भएका निराकरको सव ल्याउन सरकारले नै खर्चं गर्ने

काठमाडौँ  - कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेकोे जानकारी दिएका छन् ।

यसअघि सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले निराकरको परिवारलाई शव जति सक्दो चाँडो नेपाल ल्याउन पहल गर्ने बताएका थिए ।  निराकरको कम्बोडियामा भएको आगलागीमापरि गत पुस १६ गते  मृत्यु भएको थियो ।