एजेण्डा तय गर्न संसदको पहिलो सर्वदलीय बैठक सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३९१ दिन अगाडि
एजेण्डा तय गर्न  संसदको पहिलो सर्वदलीय बैठक सुरु

काठमाडौं - संसद भवन सिंहदरबारमा  आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि बोलाएका हुन् ।  प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ मा बस्ने छ ।
बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिए लगतै सभामुख चयन गर्ने तयारी रहेको छ ।