काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक धारणा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
तर विश्वासको मत भने दिने कि नदिने भन्ने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने नेता नेपालले बताएका छन् ।
पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भए पनि एकीकृत समाजवादीले भने केही निर्णय गरेको छैन । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले विश्वासको मतबारे जम्मै पक्षको विश्लेषण गरेको र व्यक्तिगत रुपमा प्रचण्डप्रति सकारात्मक धारणा रहेको र सरकार कुन ढंगले अगाडि बढ्छ, यो हेरीकन टुंगो गर्ने बताएका छन् ।