कैलालीमा आगलागी हुँदा ६० लाखको क्षति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१८ दिन अगाडि
कैलालीमा  आगलागी हुँदा ६० लाखको क्षति

धनगढी - कपडा पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-१९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
शनिबार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बहुलियाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताएका छन् । प्रहरीले आगलागीको कारण नखुलेकाले अनुसन्धान भइरहेको जनाएको छ ।