प्रधानमन्त्री दाहाल र नेता भट्टराईबीच भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१८ दिन अगाडि
प्रधानमन्त्री दाहाल  र नेता भट्टराईबीच भेटवार्ता

 काठमाडौं - आज प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड) र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

शनिबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच भेटवार्ता भएको हो ।

भट्टराईको सचिवालयले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जनाएको छ ।

भेटका क्रममा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको छ । यी दुई दलबीच चुनावताका नै एकता गर्ने गरी छलफल भएको थियो ।