६ वर्षका विद्यार्थीले कक्षा कोठामै गोली चलाउँदा शिक्षिका गम्भीर घाइते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३९० दिन अगाडि
६ वर्षका विद्यार्थीले कक्षा कोठामै गोली चलाउँदा शिक्षिका गम्भीर घाइते

एजेन्सी – एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षिका गम्भीर घाइते भएकी छन् ।

अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार रिचनेक प्राथमिक विद्यालयमा उक्त घटना भएको हो । ।  प्रहरीले जनाए अनुसार घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक भने लागेको छैन ।

‘व्यक्ति एक ६ वर्षीय विद्यार्थी हुन । उनी अहिले प्रहरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले एक पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी थिएन।’ पीडित महिला ३० वर्षकी शिक्षिका रहेको र उनको ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘म स्तब्ध छु, र म निराश छु’, सहरका विद्यालय निरीक्षक जर्ज पार्करले भने ।