अन्तिम १६ मा पीएसजी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३९० दिन अगाडि
अन्तिम १६ मा  पीएसजी

काठमाडौँ - फ्रेन्च कप फुटबलको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन पीएसजी प्रवेश गरेको छ ।

शुक्रबार राति च्याटाउरोक्सलाई ३–१ गोल अन्तरले हराउँदै पीएसजीले अन्तिम १६ को यात्रा तय गरेको हो । पीएसजीले लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे बिना जित दर्ता गरेको हो ।
खेलको १३ औं मिनेटमा हुगो एकिटिकेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । नाटनिल एनटोलाले ३७ औं मिनेटमा गोल गर्दै च्याटाउरोक्सलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ७८ औं मिनेटमा कार्लोस सोलेरले गोल गरेपछि पीएसजी २–१ ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा जुवान बेर्नटले गोल गर्दै पीएसजीलाई ३–१ को जित दिलाए ।