रेसुङ्गा विमानस्थलमा जहाज परीक्षण उडान, सिङ्गाे नगरपालिकामा दिइयाे सार्वजनिक विदा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९६ दिन अगाडि
रेसुङ्गा विमानस्थलमा जहाज परीक्षण उडान, सिङ्गाे नगरपालिकामा दिइयाे सार्वजनिक विदा

काठमाडौं– गुल्मीको रेसुङ्गा नगरपालिकास्थित रेसुङ्गा विमानस्थलमा आइतबार जहाजले परीक्षण उडान गर्ने भएको छ।

उक्त विमानस्थलमा तारा एयरलाइन्सको जहाजले परीक्षण उडान गर्न लागेको हो।

रेसुङ्गा नगरपालिकाले विमानस्थलमा परीक्षण उडान हुने भएकोले आइतबार सार्वजनिक विदा दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले विज्ञप्ति निकालेर पुस २४ गते नगरपालिकाको समन्वयमा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान हुने भएकोले नगरपालिकाको सेवा प्रवाह बन्द रहने बताएका छन्।