एक नेपालीकाे अमेरिकामा गोलीहानी हत्या

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२०८ दिन अगाडि
एक नेपालीकाे अमेरिकामा गोलीहानी हत्या

काठमाडौं - अमेरिकामा एक नेपालीको गोलीहानी हत्या गरिएको छ।

अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ। सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। 

प्रहरीले ५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई घटनास्थलभन्दा केही पर पक्राउ परेका हुन् ।  कोलोराडोस्थित हुइट्रिज प्रहरीले सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको जानकारी दिएका छन्। 

सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । कोलोराडोस्थित नेपाली कम्युनिटीका सक्रिय कार्यकर्ता भएको भेषराज चार सन्तानका बाबुरहेका छन्।