नेपालका लागि नयाँ चिनियाँ राजदूत काठमाडाैंमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८९ दिन अगाडि
नेपालका लागि नयाँ चिनियाँ राजदूत काठमाडाैंमा

काठमाडौँ- नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्। 

राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गरेका छन् ।

दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञ सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक थिए।