उपनिर्वाचनका लागि दल दर्ता गर्न राष्ट्रिय सभाकाे आह्वान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९६ दिन अगाडि
उपनिर्वाचनका लागि दल दर्ता गर्न राष्ट्रिय सभाकाे आह्वान

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।

लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो ।

तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएपछि सोही ठाउँमा हुने निर्वाचनका लागि यही पुस २८ गतेभित्र दल दर्ता गर्न आयोगले सूचना जारी गरेको छ ।

नेकपा एमालेका नेता भट्टराईले रुपन्देही–५ बाट चुनाव लड्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए । तर उनी उम्मेदवार बनेनन् ।