काठमाडौं - नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् ।
आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन् ।
चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्वीपक्षीय सम्बन्धलाई अझ कसिलो र मैत्रीपूर्ण बनाउन आफूले पनि योगदान दिने बताएका छन् ।
उनले सबै क्षेत्रका नेपालीहरुबाट नजिक भएर काम गर्न चाहेको बताउँदै नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए ।