एमालेका हिक्मत कार्कीले ४ बजे प्रदेश १ को मुख्यमन्त्रीमा दावी पेश गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९५ दिन अगाडि
एमालेका हिक्मत कार्कीले ४ बजे प्रदेश १ को  मुख्यमन्त्रीमा दावी पेश गर्ने

विराटनगर -  नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दावी गर्ने भएका छन् ।

उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीम दावी पेश गर्न लागेका हुन् ।

आइतबार अपरान्ह ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दावी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताएका छन्   । प्रदेश प्रमुख खापुङले आइतबार ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । त्यस्तै नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।