सुजलले मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९६ दिन अगाडि
सुजलले मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण

काठमाडौं - मछिन्द्र फुटबल क्लबसँगको सम्झौताको  नवीकरण राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठले गरेका छन् ।

आइतबार मछिन्द्रले  सामाजिक सञ्जालमार्फत सुजलसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सुजलको सम्झौता थप गरेको हो ।

नयाँ सिजनको 'ए' डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । मछिन्द्र पछिल्लो संस्करणको 'ए' डिभिजनको च्याम्पियन टोली हो ।

मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजनको लिग जित्दा सुजल मुख्य खेलाडी रहेका थिए । यस अघि राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ति मगरसँग मछिन्द्रले सम्झौता नवीकरण गरिसकेको छ । यस्तै मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटी र प्रशान्त अवस्थीलाई अनुबन्ध गरिसकेको छ ।