भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोन भी-२३ ई र वाई-५३ एसको मूल्य घटाएको छ ।
भी-२३ ईका दुवै संस्करणको मूल्य पाँच हजार रुपैयाँले घटाइएको भिभोले जनाएको छ । अब भी-२३ ई आठ जीवी र्याम र १२८ जीबी मेमोरीको मूल्य ३६ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, भी-२३ ई आठ जीबी र्याम र २५६ जीवी मेमोरी संस्करणको मूल्य ४१ हजार ९९९ रुपैयाँ तोकिएको भिभोका नेपाल सीईओ माइकलले बताएका छन् ।
त्यस्तै वाई-५३ एसको मूल्य पनि चार हजार रुपैयाँले घटाएर ३० हजार ९९९ रुपैयाँ तोकिएको माइकलले बताए । नयाँ मूल्य जनवरी १ देखि जनवरी ३१ सम्म भिभोका सबै रिटेल स्टोर र इ-कमर्स वेबसाइटमा लागू हुनेछ । भिभो भी-२३ ई मा ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ । जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी-स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् ।
भी-२३ ई को रियर क्यामेराहरूमा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड-एंगल क्यामेरा, र २ एमपी म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ । वाई-५३ एसमा ६४ एमपी रियर क्यामेरा, २ एमपी बोकेह पोट्र्रेट क्यामेरा र २ एमपी सुपर म्याक्रो क्यामेरा छ । यसलाई कुनै पनि सेटिङमा र उच्च रिजोल्युसन फोटो खिच्न सकिन्छ । यसमा ५ हजार एमएएच ब्याट्री, ३३ वाट फ्ल्यास चार्ज क्षमता र १ टिवीसम्म विस्तार गर्न सकिने इनबिल्ट ८ जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।