अभिनेता जितु र साम्राज्ञी स्टारर फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२०९ दिन अगाडि
अभिनेता  जितु र साम्राज्ञी स्टारर फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज

काठमाडौँ - डा. भोला रिजालको प्रस्तुती रहेको चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

आइतवार राजधानीमा एक कार्यक्रमकाबीच जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

सामाजिक– कमेडी जनरामा निर्माण गरिएको चलचित्रमा डा. कपिल रिजालको कथा एवं निर्देशन छ । 

बि.आर प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्टराई, सरला रिजाल लगायतका कलाकारहरूको समेत अभिनय छ । चलचित्रमा अभिनेत्री रेखा थापाको आइटम नृत्य समेत हेर्न सकिन्छ ।

 यो चलचित्र माघको २० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक रिजालले चलचित्र राम्रो बनेको बताएका छन् । अभिनेता नेपाल र अभिनेत्री शाहले पनि चलचित्रलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।