प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१७ दिन अगाडि
प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की  नियुक्त

विराटनगर - नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा  नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।