काठमाडौँ - साेमबार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक सकिने भएको छ ।
नेता रोशन पोखरेलले आइतबारदेखि सुरु भएको बैठक आज बेलुकासम्म सक्ने तयारी गरिएको बताएका छन् ।
बैठकले माओवादी केन्द्र सहित अरु कम्युनिस्ट घटकसँग एकता गर्न र्वार्ता टोली गठन समेत गर्ने तयारी गरेको छ । बैठक दिउँसो साढे १२ बजेदेखि पार्टी केन्द्रीय कार्यलय शान्तिनगर तीनकुनेमा हुने भएको छ ।