‘सिरियल किलर’ भारतीय दम्पती पक्राउ     

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९५ दिन अगाडि
‘सिरियल किलर’ भारतीय दम्पती पक्राउ     

अर्घाखाँची - अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । 

प्रहरीले भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका उनिहरुलाई अर्घाखाँचीबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले उनीहरूले शृङ्खलाबद्ध रूपमा यही पुस १७ गते अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१० बहखोरकी ६० वर्षीय राधा थापा, गत कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका–५ की ७५ वर्षीय जीवकला थापा र गत असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका–४ की ७० वर्षीय योगमाया गैरेको हत्या गरेको बताएका छन् । 

सुशान्तले श्रीमतीसँग मिलेरे हत्या गरेको बताएपछि उनकी श्रीमती शितगङ्गा–१० सिद्धाराकी २२ वर्षीय शिवा परियारलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी, अर्घाखाँची र कपिलवस्तुमा तीनै महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने सिंह दम्पतीलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रिजालले उनीहरू दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको जानकारी दिएका छन् ।