जम्मकट्टेलले बागमतीको मुख्यमन्त्रीमा आफ्नो दावी पेस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९५ दिन अगाडि
जम्मकट्टेलले बागमतीको मुख्यमन्त्रीमा आफ्नो दावी पेस

हेटौंडा - सोमबार बागमती प्रदेशको मुख्यमन्त्रीका लागी माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले ७० संसदको समर्थन सहित  प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेस गरेका छन् ।

उनले माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा दावी पेस गरेका हुन् ।  जम्मकट्टेलले माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका छन् । 

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री दावी गर्न पौष २५ गते आइतबार अपरान्ह ४ बजेसम्मको समय दिएका थिए । बागमतीमा सरकार गठनका लागि प्रदेशसभामा रहेको ११० सांसदमध्ये ५६ सांसद भए पुग्छ  ।