काठमाडौं - बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा को बैठक जारी छ । दिउँसो एक बजेदेखि सुरु भएको राजनीतिक समितिको बैठक पार्टी कार्यालय शान्तिनगरमा चलिरहेको हो ।
नेता विश्वदीप पाण्डेले अहिले बैठकमा सहभागी नेताहरुले आ–आफ्नो धारणा राखिरहेको र सबै प्रतिनिधि नेताहरुले आफ्नो धाराणा राखेपछि सुझाव संकलन गरिने बताएका छन् ।
पाण्डेले आजको बैठकमा पार्टी एकता गर्न वार्ता समिति समेत गठन गरिएकोे बताए । गत आइतबारदेखि सुरु भएको बैठक सकेसम्म आजै सक्ने तयारी छ । पार्टीका नेता महेन्द्र राय यादव संसद् बैठकमा सहभागी भएकाले आजै सक्न समस्या हुने बताएको छ ।