खगराज अधिकारी गण्डकी प्रदेश मुख्यमन्त्रीमा नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९५ दिन अगाडि
खगराज अधिकारी गण्डकी प्रदेश मुख्यमन्त्रीमा नियुक्त

पोखरा - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त एमालेका संसदीय दलका नेता अधिकारीलाई संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीलाई एमालेका २२,माओवादीका ८,राप्रपाका २ र एक स्वतन्त्र सांसदको समर्थन छ । अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउनेछन् ।