मन्त्रालयको संख्या १३ बाट घटाएर ९ बनाउने प्रदेश १ सरकारको पहिलो निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८८ दिन अगाडि
मन्त्रालयको संख्या १३ बाट घटाएर ९ बनाउने प्रदेश १ सरकारको पहिलो निर्णय

प्रदेश १ को नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री हिक्मत कार्की र अन्य ३ मन्त्रीले पद भार ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालय घटाउने पहिलो निर्णय गरेको हो । अहिले प्रदेश मा १३ वटा मन्त्रालय रहेका छन् ।

मन्त्रालय संरचना घटाउने र नौ वटा बनाउने लगायतको निर्णय, मन्त्रालय र मन्त्री धेरै भएको भन्दै आलोचना भइरहँदा नव निर्वाचित मुख्यमन्त्री कार्कीले मन्त्रालयको संख्या घटाएर मितव्ययी प्रदेश सरकार बनाउने बताएका छन्।

यस्तै, बैठकले प्रशासनिक सेवा सुधारका प्रमुख सचिवको नेतृत्वमा सुधार समिति बनाउने समेत निर्णय भएको मन्त्री भक्ति सिटौलाले जानकारी दिएका हुन ।

मुख्यमन्त्री कार्कीले भने, ‘मेरो प्राथमकिता सुुशासन र अनुशासन हो । यसका लागि मन्त्रालय घटाएर मितव्ययी प्रदेश सरकार गठनका लागि पहल थालेको हुँ । पहिलो पटक शेरधन राई नेतृत्वको सरका बन्दा प्रदेश १ मा सात वटा मन्त्रालय थियो । एमालेको सरकार हटेसँगै राजेन्द्र राई नेतृत्वको सरकारमा प्रदेश १ मा मन्त्रालय फुटाएर १३ वटा मन्त्रालय बनाइएको थियो ।

यसअघि सामजिक विकास मन्त्रालयलाई सामाजिक र स्वास्थय मन्त्रालय बानाइएको थियो । यस्तै, उद्योग वन तथा वातावरण मन्त्रालयलाई उद्योग श्रम तथा रोजगार, वन वातावरण तथा भू-सरक्षण मन्त्रालय र पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको थियो ।

राजेन्द्र राई मुख्यमन्त्री बन्दा सत्ता साझेदार दललाई भाग पुर्याउनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई फुटाएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि मन्त्रालय बनाइएको थियो । यस्तै, भौतीक पूर्वाधार मन्त्रालयलाई खानेपानी, सिचाईं तथा उर्जा मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बनाइएको थियो ।