काठमाडौँ - प्रहरीले संखुवासभामा हेलिकप्टरलाई नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान काठमाडौंबाट जेनेरेटर लिएर उडेको अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टर एक घण्टाका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
अनुमति लिएको रूटअनुसार नचलाएर निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकप्टर र पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएको हो।
गृह मन्त्रालय स्रोतका अनुसार उनले खाँदबारीमा रोकेर भोटखोलाको हटिया लग्नुपर्ने थियो । तर उनले चेकिङ नगराइ सिधै भोटखोला लगेर ल्यान्ड गरेका थिए।
उनलाई प्रहरीले एक घन्टा नियन्त्रणमा लिएर छाडे पनि प्रहरीले उनीमाथि आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई पत्र लेख्ने तयारी समेत गरेको छ।