नेपाली कांग्रेसले दोहोर्‍यायो २८ वर्ष अगाडिको नजिर ,संसद् बन्यो प्रतिपक्षीविहीन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३८७ दिन अगाडि
नेपाली कांग्रेसले दोहोर्‍यायो  २८ वर्ष अगाडिको नजिर ,संसद् बन्यो प्रतिपक्षीविहीन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दा नेपाली कांग्रेसले २८ वर्ष अगाडिको नजिर दोहोर्‍याएको छ।प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएपछि कांग्रेसले २०५१ सालको विगत दोहोर्‍याएको हो।

तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीलाई कांग्रेसले विश्वासको मत दिएर पद जोगाइदिएको थियो।

त्यसबेला मनमोहन प्रधानमन्त्री हुँदा दुईतिहाइ अर्थात् १९८ सांसदले विश्वासको मत दिएका थिए। यस पटक पनि प्रचण्डलाई दुईतिहाइ अर्थात् २७२ मत मिल्ने सम्भावना छ।