सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन विश्वासको मत दिनुस् ;प्रधानमन्त्री प्रचण्डकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१५ दिन अगाडि
सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन विश्वासको मत दिनुस् ;प्रधानमन्त्री प्रचण्डकाे भनाइ

काठमाडौं  - सहकार्यको राजनीतिका लागि आफूलाई विश्वासको मत दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन्।

मंगलबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउनका लागि विश्वासको मत दिन अपिल गरेका हुन्।

‘निषेधको होइन, सहमति सहकार्य र आपसी विश्वासमा राजनीतिलाई अघि बढाउनका लागि विश्वासको मत दिन म आग्रह गर्दछु,’ प्रचण्डले भने, ‘सामाजिक न्याय र सुशासनका लागि विश्वासको मत माग्न उभिएको छु।’ 

पहिलो पटक प्रधानमन्त्री हुँदा सिक्दासिक्दै राजीनामा दिनुपर्ने परिस्थिति आएको भन्दै प्रचण्डले दोस्रो कार्यकाल पनि उतारचढावमै वितेको उनले बताएका छन् । उनले अबको कार्यकाल सुशासनमा केन्द्रित हुने बताए।

‘यसपटक फरक संकल्पका साथ संसदमा उभिएको छु। विश्वासको मत पाएमा म इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु,’ उनले भने । सत्ता साझेदार ७ दलसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपासहितका दलले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् ।