२९ पुसमा गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१५ दिन अगाडि
२९ पुसमा गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने

पोखरा - गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले २९ पुसमा विश्वासको मत लिने भएका छन् ।

बिना विभागीय मन्त्री पञ्चराम गुरुङले मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने निर्णय भएको  जानकारी दिएका छन् ।

 नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार नेकपा एमालेका खगराज अधिकारीले मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ ।

अधिकारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का २ र एकीकृत समाजवादीका एक जना गरी ३३ सांसदको समर्थन गरेका थिए ।