काठमाडौं - भाेलि सरकारले सार्वजनिक विदा दिएको छ ।
पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा भाेली (बुधबार) सार्वजनिक विदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको मंगलबार जारी सूचनामा उल्लेख छ । सत्ता गठबन्धनकाे एक घटक राप्रपाले सरकारमा सहभागीताकाे लागि पृथ्वी जयन्तीमा सार्वजानिक विदा दिनुपर्ने बटमलाइन राखेकाे थियाे । याेसँगै अब राप्रपा पनि सरकारमा सामेल हुने निश्चित भएकाे छ ।