काठमाडौं - महुलि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको २०७८–७९ को नाफाबाट कुल २५% लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद गरी कुल २५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र महुलिको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।
