गोरखा - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाँदै छन् ।
गोरखा निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् ।
आजबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन र गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्। खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ ।
यसैबीच बुधबार प्रधान सेनापति प्रभुराम शर्मा पनि गोरखा आउँदै छन् ।