प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट :एकअर्काबीच बधाई आदान–प्रदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१४ दिन अगाडि
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट :एकअर्काबीच बधाई आदान–प्रदान

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका  छन् ।

प्रधानमन्त्रीको सचिवालयले आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको  जनाएको छ ।

यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए ।अधिकारी सोमबार नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।