माओवादीका राजकुमार शर्माले कर्णालीको मुख्यमन्त्रीमा आज दाबी पेश गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१४ दिन अगाडि
माओवादीका राजकुमार शर्माले कर्णालीको मुख्यमन्त्रीमा आज दाबी पेश गर्ने

कर्णाली - नेकपा माओवादी केन्द्रका संसदीय दल नेता राजकुमार शर्माले कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका छन्।

प्रदेश प्रमुखको कार्यालयले तोकेको समय ५ बजेभित्र माओवादीको तर्फबाट शर्माले दाबी पेश गर्नेछन्।

प्रदेश प्रमुखको कार्यालयले पुस २१ गते संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि २७ गते ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेको थियो।

कर्णाली प्रदेश सभामा सहभागी पाँच दलमध्ये संविधानको धारा (१) बमोजिम एकलौटी सरकार बनाउनेगरी कुनैको पनि बहुमत आएको छैन। केन्द्रको समीकरणअनुसार आज कर्णाली प्रदेशले नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार पाउने भएको छ।