पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९३ दिन अगाडि
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति भण्डारीद्वारा  माल्यार्पण

काठमाडौं - पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मल्यार्पण गरेकी छन् ।  

आज बिहान राष्ट्रपति भण्डारीले सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।

राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी थिए ।

आजै पृथ्वी जयन्तीको अवसरमा  राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।