पुस २९ गते प्रदेश १ का मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९२ दिन अगाडि
पुस २९ गते प्रदेश १ का मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

विराटनगर - पुस २९ गते प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विश्वासको मत लिने भएका छन् ।

आइतबार ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री भएका उनले पुस २९ गते विश्वासको मत लिने भएका हुन् । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले संसद सचिवालयलाई जानकारी गराइएको मुख्यमन्त्रीको सचिवालयले  जानकारी दिएको छ ।

मुख्यमन्त्रीका सहयोगी रवि खनालले नेपालको संविधान २०७२ को धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम मिति २०७९ पुस २९ गते ११ बजे विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि सूचना दिएको जानकारी दिए ।