अाज सुनकाे मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९० दिन अगाडि
अाज सुनकाे मूल्य कति ?

काठमाडौं - बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १३ ‘सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।