चितवन - अपराध छानबिनमा प्रभाव पार्न खोज्नेहरुलाई समेत कारबाही गर्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चेतावनी दिएका छन् ।
बिहीबार चितवन पुगेका लामिछानेले महसुस गर्न सक्ने गरी शान्ति सुरक्षा कायम गर्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले आफ्नो दलका कोही कसैले प्रभाव पार्न खोजे निर्मम भएर काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।
चुनावका बेला आफूले गरेको कुनै पनि बाचा नबिर्सिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले भने, ‘राम्रो कति गर्न सक्छु थाहा छैन, तर नराम्रो एउटा पनि गर्दिन । कति दिन, महिना वर्ष रहन्छु थाहा छैन । तर सफा हात बोकेर छिरेको छु, सफा हात लिएर निस्किन्छु ।’