काठमाडौं - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा हुगो एकिटिके र लियोनल मेस्सीले एक एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा हुगोले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
जितसँगै पीएसजीले १८ खेलमा ४७ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ । एन्जर्स ८ अंक जोडेर पुछारमा रहेको छ ।