लघुवित्तद्वारा २२% बोनस सेयर वितरण गर्ने घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९० दिन अगाडि
लघुवित्तद्वारा २२% बोनस सेयर वितरण गर्ने घोषणा

काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ ।

बुधबार कम्पनीमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई २२% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५७% नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरलाई वितरण हुनेछ ।