ओलम्पिक छनोटमा नेपाल समूह 'सी' मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९२ दिन अगाडि
ओलम्पिक छनोटमा नेपाल समूह 'सी' मा

काठमाडौं - फ्रान्सको पेरिसमा २०२४ मा आयोजना हुने ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल समूह 'सी' मा परेको छ ।

बिहीबार एएफसीले सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह 'सी' मा परेको हो । नेपालको समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको छ ।

पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।