राप्रपाका भुवन पाठक बागमतीको सभामुखमा मनोनयन दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९२ दिन अगाडि
राप्रपाका भुवन पाठक बागमतीको सभामुखमा मनोनयन दर्ता

हेटौंडा - सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले बागमती प्रदेशसभाको सभामुखमा मनोनयन दर्ता गरेका छन् ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाले उनलाई सभामुखको उम्मेदवार बनाएको हो ।

उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् । नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट सृजना सायजुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।