जर्मन राजदूतको प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९२ दिन अगाडि
जर्मन राजदूतको प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटवार्ता

काठमाडाैं - नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहिबार शिष्टाचार भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकामा प्रधानमन्त्री दाहाललाई बधार्ई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।