काठमाडौं - गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयले १९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको हो ।
प्रदेश-१ मा ठाकुर ज्ञवाली, प्रदेश-२ मा प्रद्युम्न कार्की, प्रदेश-३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश-५ मा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरिएको छ ।
त्यस्तै, विशेष ब्युरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास निर्देशनामा सरुवा भएको छ । प्रदेश २ का डिआइजी हरि पाल विशेष ब्युरोको प्रमुख भएका छन् ।
सुदुरपश्चिम निर्देशनालयका सुरज केसीको सुरक्षा व्यवस्थापन निर्देशनालय, गण्डकीका दानसिंह बोहराको प्रहरी एकेडेमी, प्रदेश ३ का दीपक थापाको ट्राफिक निर्देशनालय, प्रदेश ५ का पिताम्बर अधिकारीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ ।
जुनियर प्रहरी एकेडेमी भरतपुरमा हरिभक्त प्रजापतिलाई जिम्मेवारी दिइएको छ भने सो एकेडेमीका महेन्द्र पोखरेको प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा सरुवा भएको छ । कर्णालीका प्रमुख महेशबिक्रम शाहको सुरक्षा परिषद्मा सरुवा भएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा डिआईजी सूर्यप्रसाद उपाध्याय आएका छन् । महानगरीय प्रहरीको नेतृत्वमा रहने भएपछि विमानस्थलको सुरक्षाका लागि एसएसपीको नेतृत्व दिइएको थियो ।

