एकीकृत समाजवादीले भूसाललाई छिटो भन्दा छिटो आउन आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९० दिन अगाडि
एकीकृत समाजवादीले  भूसाललाई  छिटो भन्दा छिटो आउन आग्रह

काठमाडौं - कम्युनिस्ट नेता घनश्याम भूसाललाई नेकपा एकीकृत समाजवादीले छिटो भन्दा छिटो पार्टीमा आउन आग्रह गरेको छ ।

महासचिव बेदुराम भुसालले बुधबार घनश्यामलाई एक पत्र लेखी एकीकृत समाजवादीमा आवद्ध भई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘यतिबेला नेपाली समाजमा विद्ययमान समस्या समाधान गर्न समाजवादी कार्यदिशा अंगालेर अगाडि बढ्नुपर्दछ भन्ने दृष्टिकोण राख्ने विभिन्न कम्युनिस्ट समूह र व्यक्तिहरुलाई समेत समाजवादी कार्यदिशा अंगालेको यही नेकपा एकीकृत समाजवादी मा आवद्ध गर्ने कार्यमा हामी सबै सक्रियतापूर्वक लागौं भन्ने पनि अनुरोध छ’ पत्रमा भनिएको छ ।