एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९२ दिन अगाडि
एमाले अध्यक्ष ओली र  प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेट

काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बालुवाटारमा बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास पुगेका हुन् ।  संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छैन।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने ओली बालुवाटार पुगेका हुन् । यसअघि बुधबार साँझ ‌ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनको निवास बालकोट पुगेका थिए। 

आज मन्त्रालय भागबन्डा गर्न सत्तारूढ घटकको बैठक बस्ने भनिएको थियो । तर अहिलेसम्म उक्त बैठक बस्ने/नबस्ने टुंगो छैन।