मन्त्री बने सुदूरपश्चिममा मुख्यमन्त्रीका दाबेदार खगराज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १४१३ दिन अगाडि
मन्त्री बने  सुदूरपश्चिममा मुख्यमन्त्रीका दाबेदार खगराज

 काठमाडौं - सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 बिहीबार अपराह्न एमाले संसदीय दलका नेता समेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

रावलले ३ सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ लिएका छन् ।

भट्ट मुख्यमन्त्रीका दाबेदार पनि हुन् । सत्ता गठबन्धनमा भएको आलोपालोमा पहिलो मुख्यमन्त्री एमालेको भागमा गरेपछि भट्ट मन्त्री नै बन्न तयार भएका हुन् ।