क्रिकेटर सन्दीप लामिछाने भोलि शुक्रबार मात्र थुनामुक्त हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९० दिन अगाडि
क्रिकेटर सन्दीप लामिछाने भोलि शुक्रबार मात्र थुनामुक्त हुने

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले भोलि शुक्रबार मात्र थुनामुक्त हुने भएका छन् ।

उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नै भने नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद अनुसार लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने  छ  । 

बाँस्कोटाकाले भने ‘उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं अदालतबाट पत्र प्राप्त हुनुपर्छ, भोलि काठमाडौंबाट पत्र आएपछि उहाँलाई थुनामुक्त गर्ने निर्णय गरेका छौं ।’

बिहीबार उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनलाई विदेश जान भने रोक लगाइएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।