काठमाडाैं- भारतमा विद्युतीय निर्माण सामाग्री (इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादक मध्येको एक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको छ ।
कम्पनीले सार्क क्षेत्रमै २१औं र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज सोरुम संचालनमा ल्याएको हो ।
इसिएम स्पेस बाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ । अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट–स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस), लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज -याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनौट सहितका उत्पादनहरु सोरुममा उपलव्ध गराउने छ ।
कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज वनाउँदै आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता -याक र सिटेड शावर जस्ता उत्पादन पनि ल्याउने छ । प्राविधिक ज्ञान भएका उपभोक्ता माझ नवीन आवास समाधानहरुको माग बढ्दै गईरहेको छ । सहरी उपभोक्ताहरुलाई लक्षित गर्दै समग्रमा फस्र्ट–ह्याण्ड अनुभव मार्फत नवीन घरेलु समाधानहरु प्रदान गर्ने कम्पनीले लक्ष्य राखेको छ ।
पानासोनिक होम एण्ड लिभिङका लागि काठमाडौंको सोरुम रुक्मणी इन्टरनेशनल फ्रेन्चाइजीका साझेदार आदित्य बुधियाले भने- 'रुक्मणी इन्टरनेशनल नयाँ साझेदारीबाट निकै उत्साहित छ । पानासोनिक लक्जरी कलस किचेन्सहरु एशियाली घरहरुका लागि साँच्चै एशियाली किचनहरु हुन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनहरुमा कार्यक्षमता खोज्ने ग्राहकहरुको माग पुरा गर्ने छ । पानासोनिक लिभिङ स्टोर रुक्मणी इन्टरनेशनल, तारा भवन, प्रकास फार्मेसी नजिकै टेकुमा रहेको शोरुममा हाम्रो उतपादनको डिस्प्ले गरिएको छ र हामि ब्रान्डका लागी ठुलो अपेक्षाका साथ प्रतिक्षा गरिरहेका छौं ।'
कम्पनीले काठमाडौंको टेकुमा रहेको तारा भवनबाट ग्राहकका आफ्नाे शाेरुम खेलेर सेवा सूचारु गरेकाे हाे ।